फ्रान्सेली युवा खेलाडी एम्बाप्पेमाथि कारबाही



एजेन्सी : मार्सेविरुद्धको खेलमा फ्रान्सेली युवा खेलाडी किलियन एम्बाप्पेलाई प्रशिक्षक थोमस टुचेलले सजायस्वरुप पहिलो रोजाइमा नराखेको खुलासा भएको छ

 

मार्सेविरुद्धको खेलमा टिम मिटिङ्गमा ढिला आएका कारण एम्बाप्पेसँगै एड्रिएन रेबियटलाई प्रशिक्षकले बेञ्चमा राखेका हुन् । उक्त गल्तीलाई परिपूर्ती गर्दै एम्बाप्पे बेञ्चबाट मैदान प्रवेश गरेर गोल गर्न सफल भए ।

 

उनी ढिला हुनुको कारण स्पेनिस लिगको प्रसिद्ध ला लिगा खेल एल क्लासिको रहेको डेली मेलले जनाएको छ । दुवै एम्बाप्पे र रेबियटले एल क्लासिको हेरेर खेल अघिको  टिम मिटिङ्गमा ढिला भएपछि प्रशिक्षक टुचेलले उनीहरुलाई बेञ्चमा राखेको डेली मेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्