पदमले भारतबाट सम्झें डाेटीकी भैंसी गाेठाली (भिडियाेसहित)



काठमाडाैं : पदम जान बाेहराकाे मार्मिक देउडा प्रस्तुती भैंसीकी गाेठाली सार्वजनिक भएकाे छ । पश्चिमेली समसामयिक विषय वस्तु उठान गरिएकाे याे गीतमा चर्चित देउडा गायिका शाेभा थापा र पदम जान बाेहराले स्वर सजाएका छन् । गीतका रचनाकार स्वयं बाेहरा हुन् भने संगीत नगरी रमेश मुस्कानकाे रहेकाे छ ।

 

गीतकाे म्युजिक ऐिडियाेमा मनिष खड्का र निरुता खत्रीले शशक्त अभिनय गरेका छन् । विशेष फिल्मसद्वारा निर्माण गरिएकाे याे गीतमा सांगीतिक मिठास बिजय थापाले भरेका छन् । 

 

डोटी जिल्ला शिखर नगरपालिका ११ तल्ली सातमा जन्मेका पदम सानैदेखि संगीत पारखी हुन् । स्वर्गीय बुबा दिल बोहरा र अामा तारा बोहराका माइला छोरा हुन् पदम जान बोहरा ।

 

हाल बिरानो मुलुकमा भए पनि अाफ्नो भाषा संस्कृति जोगाउन उनकाे महत्वपूर्ण याेगदान रहेकाे छ । 

 

 

प्रतिक्रिया दिनुहोस्