श्रीमतीको कान काट्ने श्रीमान पक्राउ



बझाङ । बझाङमा आफ्नै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-१ भण्डारगाउँ निवासी २५ वर्षीय मनोज नेपालीले आफ्नै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेको आरोपमा पक्राउ परेका हुन् ।

मनोजले गत असार ३० गते परपुरुषसँग बोलेको भन्दै जानकीको कान चक्कुले काटेका थिए । घटनापछि उनी लगत्तै फरार भएका थिए ।जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

जानकीले बिहे भएको केही महिनादेखि नै श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् । मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्