कालीगण्डकी करिडोर १८ दिनपछि खुल्यो



बागलुङ । बागलुङको कालीगण्डकी करिडोर १८ दिनपछि खुलेको छखुलेको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कालीगण्डकी करिडोर खुले पनि बागलुङ–कुश्मीशेरा सडक भने अझै खुलेको छैन ।
करिडोर तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकरी दिए । बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिरोले त्यहाँ रहेका चार सडकमा क्षति पु¥याएको थियो । करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज भएको छ । करिडोरसमेत बन्द हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए ।
अत्यावश्यक खाद्यान्नलगायतका सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो भने बिरामी बोक्ने एम्बुलेन्ससमेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्