पेस्तोलसहित ३ भारतीय पक्राउ



रौतहट । जिल्ला प्रहरी रौतहटले पेस्तोलसहित ३ भारतीयलाई पक्राउ गरेको छ । भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनीहरु मौलापुर नागरपालिका–५ स्थित मौलापुर–कलैया सडक खण्डबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरीबाट खटिएको टोलीले भारतको बिहार राज्य मोतिहारी जिल्ला ग्राम पञ्चायत बिजवनी–२ का २२ वर्षीय देवेन्द्र कुमार यादव, सुधिर कुमार यादव र सन्दिप कुमारलाई पक्राउ गरेको हो ।
प्रहरीले देवेन्द्रकुमारको साथबाट मेड ईन इङ्ल्यान्ड लेखेको सिक्सर पेस्तोल बरामद गरेको थियो । हतियारको कारोबारमा संलग्न भएको आरोपमा सुधिर कुमार र सन्दिप कुमार पक्राउ परेको डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्