फास्ट ट्रयाककाे लागत १ खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अाकलन



काठमाडौं : बहुप्रतिक्षीत काठमाडौं – तराई/मधेश द्रुतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आकलन गरिएको छ । 

  

दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख  रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको छ ।

 

७६.२ किमी लम्बाइको यो आयोजना २०७८ सालभित्र निर्माण कार्य सक्ने गरी सम्पूर्ण व्यवस्थापनको जिम्मा सेनाले लिइसकेको छ । ४ लेनको द्रुतमार्ग पहाडमा २५ र तराइमा २७ मिटर चौडा हुने छ ।

 

सेनाले उल्लेख गरेको यो अनुमानित लागत सन् २००१ मा एसियाली विकास बैंक (एडीबी) ले गरेको सर्वेक्षणभन्दा ४५ अर्ब बढी हो । एडीबीले १० बर्षअघि गरेको सर्वेक्षणमा द्रुतमार्गको लागत ९० अर्ब हुने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्