नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित



नेपालगन्ज । तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन् ।
लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले कलेजका प्रबन्ध निर्देशकको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालाबन्दी पनि गरेका छन् ।
कलेज प्रशासनले अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विगत ३÷४ महिनाको तलब, भत्ता नदिएको आन्दोलनरत कर्मचारीको गुनासो छ ।
कलेजका प्लाष्टिक सर्जन डा. विनोद कर्णले तलब, भत्ता नपाएर आफूहरु अन्यायमा परेको बताए । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष समेत रहेका डा. कर्णले मेडिकल कलेजका कर्मचारीको आन्दोलनलाई संघको पनि साथ रहेको बताए ।
नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा. दिनेश श्रेष्ठले कर्मचारीहरुले तबल नपाएको स्वीकार गरे । उनले भने, ‘धेरैजसो कर्मचारीले वैशाख महिनादेखि तलब पाएका छैनन् ।’
आफूले पनि विगत चार महिनादेखि तलब, भत्ता नपाएको उपनिर्देशक श्रेष्ठले सुनाए ।

प्रतिक्रिया दिनुहोस्