प्रदेश ३ भाैतिक पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्त



हेटाैंडा : प्रदेश ३ का भौतिक योजनामन्त्री केशव स्थापितलाई बर्खास्त गरिएकाे छ । 

 

केही दिनअघि मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएकाे र स्थापितले मुख्यमन्त्रीकाे चरित्र हत्या गरेका थिए । मुख्यमन्त्री पाैडेलले स्थापितकाे उक्त व्यवहारप्रति अापत्ति जनाएका थिए । उनले यस विषयमा प्रधानमन्त्रीलगायत पार्टी केन्द्रीय कार्यालयमा गुनासाे गरेका थिए । 

 

मुख्यमन्त्री पाैडेलले स्थापितसँग काम गर्न नस्कने जनाएपछि नेकपाले यस विषयलाई गम्भीरतापूर्वक लिएकाे थियाे । 

 

मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त गर्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए। नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारबाट बर्खास्त भएका मन्त्री स्थापित पहिलो मन्त्री हुन्।

 

उनी प्रदेश ३ को मन्त्रीकै हैसियतमा आइतबार चीन भ्रमणमा जाने तयारीमा थिए। तर मुख्यमन्त्री पौडेलले भ्रमणमा जानुअघि नै उनलाई पमदमुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्