शिल्पा सेट्टीका श्रीमान अश्लिल फिल्म बनाउने अभियोगमा पक्राउ



एजेन्सी: बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेका छन् । अश्लिल फिल्म बनाएको र बेचेको आरोपमा उनलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा गिरफ्तार गरेका हुन् ।

मुम्बई प्रहरीका अनुसार कुन्द्राले पोर्नोग्राफिक चलचित्र बनाएर विभिन्न एपहरूबाट सार्वजनिक गरेको उजुरीको आधारमा पक्राउ गरिएको बताए।

भारतीय सञ्चारमाध्यमहरू अनुसार कुन्द्रालाई प्रहरीले आजै अदालतमा पेस गर्ने तयारी रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्