प्रदेश १ मा ८० प्रतिशत रोपाइँ



विराटनगर । प्रदेश १ मा साउनको पहिलो हप्तासम्म ८० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ मा सबैभन्दा बढी तराईका जिल्लामा धान रोपाइँ भएको हो ।
तराईका तीन जिल्लामा दुई लाख २५ हजार ८सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको र हालसम्म एक लाख ८७ हजार ६सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
त्यसपछि मध्य पहाडीमा क्षेत्रमा ७४ प्रतिशत धान रोपाइँ भएको छ । ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै मध्य पहाडी जिल्लामा हालसम्म ६६ हजार ८ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषिविकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ ।
प्रदेश १ मा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको र हालसम्म २ लाख ७३ हजार ७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यतिबेला ८३ प्रतिशत धान रोपाइँ भएको थियो ।
उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको छ । एक हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको र हालसम्म एक हजार ४ सय ४८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । उच्च पहाडी जिल्लाको ताप्लेजङमा ८ हजार ७सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ८५ प्रतिशतधान रोपाइँ भएको छ ।
कृषि विकास निर्देशनालयले रोपाइँको सिजन अहिले रहेकाले पहाडी जिल्लामा साउन भरी रोपाइँलाई उपयुक्त मानिने जनाएको छ । तराईका जिल्लामा भदौ १५ सम्म धान रोपाइँ हुने गरेको कृर्षि अर्थ विज्ञ काफ्लेले जानकारी दिए ।
प्रदेश १ को तीनवटा तराइँका जिल्लामा धान रोपाइँ उल्लेख्नीय नहुनुमा सुनसरी मोरङ सिचाइँ योजनाको नहरमा रोपाइँको बेलामा पानी नछोड्नु र अकाशे पानी समेत निरन्तर नभएकाले धान रोपाइ प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्