दोस्रो एकदिवसीयमा भारतद्वारा श्रीलंका पराजित



एजेन्सी । दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंका पाहुना टोली भारतसँग पराजित भएको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो ।

यस जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । र, सिरिजमा २-० को अग्रता समेत बनाएको छ । श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा दिपक चाहरले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । भुवनेश्वर कुमार १९ रनमा अविजित रहे । यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३७ रन बनाए । कुर्नाल पाण्डयले ३५ रन जोडे भने कप्तान शिखर धवन २९ रनमा आउट भए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

अभिष्का फेर्नान्डोले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा चामिका करुनारत्नेले अविजित रहदै ४४ रन बनाए । मिनोद भानुकाले ३६ तथा धनन्जय सिल्भाले ३२ रन बनाए ।

भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३/३ विकेट लिए । दिपक चाहरले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्