पाकिस्तान विरुद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई



एजेन्सी । पाकिस्तान विरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले जितेको छ  । गयराति भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा इंग्ल्याण्डले तीन विकेटको जित दर्ता गर्दै सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । पाकिस्तानले पहिलो खेल जितेको थियो भने दोस्रोमा इंग्ल्याण्डले बाजि मारेको थियो ।

पाकिस्तानले दिएको १ सय ५५ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जासन रोयले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । डाविड मालनले ३१ रन जोड्दा जोस बट्लर र कप्तान इयान मोर्गनले समान २१ रन बनाए ।

पाकिस्तानका मोहमद हाफिजले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उसका मोहमद रिजवानले अविजित रहदै ७६ रनको अर्धशतकीय इनिङ्स खेले । फखर जमानले २४ रन बनाए । इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्