वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीयमा अष्ट्रेलियाको जित



एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ । बुधबार बिहान अष्ट्रेलियाले घरेलु टोलीलाई डीएल पद्दतिको आधारमा १ सय ३३ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको २ सय ५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज २६ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो । वेस्ट इन्डिजका केइरन पोलार्डले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । हेडन वाल्सले २० रन बनाए ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न मिचेल स्टार्कले ५ विकेट लिए । जोश हाजलउडले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । तर, डीएलको आधारमा वेस्ट इन्डिजले २ सय ५७ रनको नयाँ लक्ष्य पाएको थियो  ।

अष्ट्रेलियाका लागि कप्तान एलेक्स केरीले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । एस्टन टुर्नरले ४९ रन जोड्दा जोस फिलिप्सले ३९ रन बनाए । बेनले २८ तथा मिचेल मार्सले २० रन जोडे ।

वेस्ट इन्डिजका हेडन वाल्सले ५ विकेट लिए । अकिल हुसेन र अल्जारी जोशेफले २/२ विकेट लिए । यससँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्