काठमाडौं । वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । नेपाली कलासाहित्य क्षेत्रका पुराना हस्ती ८५ वर्षीय नेपालीले आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अन्तिम सास लिएका हुन् ।
मुटु र श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुधिरहेका उनलाई दुई साताअघि चिरायु अस्पतालले गंगालाल अस्पताल रेफर गरेको थियो । गंगालालबाट अस्ति सोमबार उनलाई टिचिङ अस्पताल सारिएको थियो ।
१९९४ सालमा असनमा जन्मेका नेपालीको बाल्यकाल व्यापारी पिताको साथ भारत लखनउमै बितेको थियो। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।