२३ वर्षीय युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ



नवलपरासी: पूर्वी नवलपरासीमा कुटपीट गरि हत्या गरेको अभियोगमा कावासोती नगरपालिकाकाका एक युवक पक्राउ परेका छन् । कावासोती– १४ बस्ने २१ वर्षीय सुदिप क्षेत्री समेत ६ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरुले कावासोती नगरपालिका–१६ स्थित मध्यबिन्दु अस्पताल अगाडि सोही नगरपालिका चोरमारा बस्ने २३ वर्षीय बिष्णु थापालाई कुटपिट गर्दा गम्भीर घाइते बनाएका थिए । 

 

घाइते उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्