सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा सात सय रुपैयाँले घटेको हो । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको आज ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ हजार २८० रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्