पोर्न फिल्ममा मुसियो शर्लिनको नाम, राज कुन्द्रासँग ५० प्रतिशतको थियो डील



एजेन्सी– अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा प्रकाउ परेसँगै नयाँ खुलासाहरु भइरहेका छन् । पछिल्लो समय अभिनेत्रीहरु शर्लिन चोपडा र पूनम पाण्डेको नाम पनि मुसिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शर्लिन चोपडा र पुनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र साइबरले रेकर्ड गरेको थियो जुन बयानमा दुवैले राज कुन्द्राविरुद्ध आरोप लगाएका थिए ।

शर्लिन चोपडाको राज कुन्द्राको फर्म आर्म्सप्राइम मिडियासँग सम्झौता थियो । यो सम्झौता भारतबाहिरका कम्पनीका केही एपको लागि अश्लील सामग्री उपलब्ध गराउने थियो । उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पोर्नोग्राफीको साथमा आफ्नो एप चलाउँथिन् । राजले शर्लिनलाई नाफाको ५० प्रतिशत दिने भनेका थिए । यो सम्झौतामा राजले स्वयं हस्ताक्षर गरेका थिए ।

जुन २०१९ र जुलाइ २०२० को बीचमा उनले राम्रो कमाइ गरे । शर्लिनले सम्झौता अनुसार पैसा नपाएपछि सम्झौता अन्त्य गर्न भनिन् ।

सोमबार २ घण्टाको सोधपुछपछि राजलाई गिरफ्तार गरिएको थियो । मंगलबार अदालतले उनलाई २३ जुलाइसम्म पुलिस हिरासतमा पठाएको छ । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउको र ती फिल्मलाई एपमार्फत सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ खुलासाहरु भइरहेका छन् । पछिल्लो समय अभिनेत्रीहरु शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग सम्बन्ध भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्