सोपान ग्याँस कम्पनीलाई कारबाही गर्न माग




काठमाडौँ: श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै कारबाहीको माग गरेको छ

श्री बिआईटी उद्योगले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै सो ग्याँस उद्योगमाथि तत्काल छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको हो । उद्योगी कमल सिंहले सोपानले आफूहरुमाथि ठगि गरेको तथा जनताको स्वास्थ्यमाथि खेलवाड गरेको उल्लेख गर्दै छानबिन गरी कारबाही गर्नुपर्ने बताए। उनले मानव जीवनको स्वास्थ्य माथि खेलवाड गर्ने कम्पनीलाई कारबाही नभएर आमरण अनसन बस्ने चेतावनी समेत दिए। दोष्षिमाथि कारवाही गर्न आफूहरुले सम्बन्धित निकायमा उजूरी दिएपनि सुनुवाई नभएको उनको गुनासो छ ।

“जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा उजूरी पर्दा सरकारी निकायले तत्काल सुनुवाई गर्नु पर्दथ्यो । छानबिन गरी दोषी कम्पनीमाथि कारबाही हुनुपर्दथ्यो । तर यस्तो संवेदनशील विषयमा कुनै पनि सरकारी निकायले चासो दिएको छैन । यो मेरो मात्रै समस्या होइन ।” उद्योगी सिंहले भने, “सो ग्याँस कम्पनीमाथि तत्काल छानबिन गरी कारबाही गर्नुप¥यो । जनताको स्वास्थ्य माथि नै खेलबाड गर्ने यस्ता कम्पनीमाथि छानबिन गरी कारबाही नभए आमरण अनसन बस्न र आवश्यक परे मर्न तयार छुु ।”

उद्योगी सिंहका अनुसार आलु चिप्स बिग्रन नदिन नाईट्रोजन ग्याँस राखेर प्याकिङ गरिन्छ । तर सो कम्पनीले नाईट्रोजन भनेर अक्सिजन ग्याँस दिएकाले आफूले करोडौंको क्षति व्यहोर्नु परेको दाबी गरे। कम्पनीले आफुलाई दिएको ग्याँस सिलिण्डरमै अक्सिजन ग्याँस सानो अक्षरमा लेखेकाले पनि सो ग्यास नाईट्रोजन नभई अक्सिजन भएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागमा समेत गएर सोध्दा सो ग्याँस अक्सिजन नै भएको पुष्टि भएको दाबी गरे।

ग्याँस कम्पनी सोपानले पठाएको सिलिण्डरमा सानो अक्षरमा अक्सिजन लेखिएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूहरुसँग प्रमाणको लागि सो सिलिण्डर सुरक्षित रहेको स्पष्ट पार्नुभयो । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्याँस जस्तो संवेदनशील विषयमा सो ग्याँस कम्पनी संवदेनशील नदेखिएको सो उद्योगको दाबी छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गर्दा पनि सुनुवाई नभएको उद्योगको गुनासो छ

प्रतिक्रिया दिनुहोस्