हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहेनती हुनुहुन्छ: प्रधानमन्त्री देउवा



काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थमन्त्री जनार्दन शर्मा मिहेनती भएको टिप्पणी गरेका छन

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले अर्थमन्त्री मिहेनती भएको भन्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास रहेको बताए।

“हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहेनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ,” उनले भने। ” उहाँले सक्नुहुन्छ पनि । अत्यन्तै मिहेनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । उनले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखे उनले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिन भन्दै सहयोगका लागि आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्