डुबेर तीन जनाको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा डुबेर तीन युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरकाअनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् । उनीहरुलाई कोहलपुर प्रहरीको टोलीले मृत अवस्थामा फेला परेको चौधरीले बताए ।
प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्