जनमत संग्रहको विकल्प छैन : विप्लव



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह गर्नु हुँदैन भन्नेहरुलाई ‘लुटेरा’को संज्ञा दिएका छन् ।
बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्नेमा जोड दिँदै जनमत संग्रह गर्नु हुँदैन भन्नेहरुलाई लुटेराको संज्ञा दिए ।
उनले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गरे । नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको आरोप लगाउँदै उनले अहिले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्थामा नरहेको तर्क गरे ।
पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा विदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उनले बताए ।
उनले कम्युनिष्टले भन्दै आएको पूँजीवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताए । महासचिव विप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्