भट्टराईले हिन्दू धर्मलाई अपमानित गरेको भन्दै जसपा विद्यार्थी युनियनबाट सामूहिक राजीनामा



पर्सा । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्साका वरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियासहित ११ जनाले राजीनामा दिएका छन् ।
पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टाराईले सामाजिक सञ्जालमा हिन्दू धर्ममाथि अघात पुग्ने गरी दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै आफूहरुले सामूहिक रुपमा राजीनामा दिएको उपाध्यक्ष चौरसियाले बताए ।
उनीसँगै जिल्ला सचिव राजु राज गिरी, कोषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजीनामा दिएका हुन् ।
उनीहरुले आफूहरु आवद्ध रहेको संगठन निकट पार्टी कै संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आफ्नो टवीट्रमार्फत् हिन्दू धर्ममाथि अघात पुग्ने गरी दिएको अभिव्यक्तिप्रति खेद समेत प्रकट गरेका छन् ।
यस अघि पनि भट्टराईले बारम्बार हिन्दू धर्ममाथि अघात पुग्ने र हिन्दू समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आएकाले उनी अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको चौरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस्