भारत सँगको सिरिजका लागि इंग्ल्यान्डको टोलीको घोषणा



एजेन्सी । भारतविरुद्धको सुरुवाती दुई टेस्ट सिरिजका लागि इंग्ल्यान्डले टिमको घोषणा गरेको छ । इंग्ल्यान्डले बुधबार भारतसँग खेल्ने १७ सदस्यीय टिमको घोषणा गरेको हो । इंग्ल्यान्डले घोषणा गरेको टिमको कप्तान जोय रुट रहेका छन् ।

इंग्ल्यान्डको टिममा बेन स्टोक्स,जोस बट्लर,जोनी बयर्स्टो र साम कुरान फर्किएका छन् । यस्तै प्रतिबन्धबाट मुक्त भएका ओली रोबिनसनले पनि टिममा स्थान बनाएका छन् । जोफ्रा आर्चर र क्रिस ओक्स अझै टिम बाहिर रहेका छन् ।

इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट अगस्ट ४ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्