पुष्पलाल स्मृति दिवस आज मनाईंदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै ४३ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गरेका थिए। कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचारधाराको प्रचार-प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरे । त्यसपछि उनले कम्युनिष्ट पार्टीलाई एकिकृत गर्दै संगठित गरेका गरेका हुन ।

त्यसैले पुष्पलाललाई नेपालमा माक्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा लिने गरिन्छ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मीएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्