सुर्खेतमा दुवै डोज खोप ४ प्रतिशतलाई मात्र, हजारौँ मानिस दोस्रो डोजको पर्खाइमा



सुर्खेत । सुर्खेतमा अहिलेसम्म कोरोनाविरुद्धको खोप जिल्लाकाे कुल जनसंख्याकाे चार प्रतिशतलाई लगाइएकाे छ । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेका अनुसार अहिलेसम्म १४ हजार दुई सय ७९ जनाले पहिलो र दोस्रो दुवै डोज खाेप लगाएका हुन्। 

भेरोसेलको पहिलो डोज ६ हजार एक सय ५३ जनाले लगाएकोमा दोस्रो डोज पाँच हजार ६ सय ३६ जनाले लगाएका छन् । केही सुुरक्षाकर्मी र कर्मचारी सरुवा भएर अन्य जिल्ला गएको र कतिपय सर्वसाधारणसमेत दोस्रो मात्रा लगाउनबाट छुटेको कार्यालयले जनाएको छ।

यस्तै, खोपको पहिलो डोज लगाएको आठ प्रतिशत जनसंख्या दोस्रो डोजको पर्खाइमा छ । कोभिशिल्ड लगाएका ३३ हजार पाँच सय ४९ जनाले दोस्रो डोज पाएका छैनन् । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै खोप लगाउन इच्छुकको संख्या अत्यधिक छ।

प्रतिक्रिया दिनुहोस्