खनालको उपचारका लागि अर्थ मन्त्रालयद्वारा ३० लाख निकासा



काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारको लागि ३० लाख रुपैयाँ बजेट निकासा गरेको छ। अर्थ मन्त्रालयले ओली सरकारका पलामा गरिएको मन्त्रिपरिषदको निर्णयअनुसार उपचार खर्च निकासा गरेको हो।

अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले मन्त्रिपरिषदको निर्णयअनुसार बजेट निकासा भएको बताए। दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो। २ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ।

सरकार परिवर्तनपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फोनमार्फत स्वयं खनाललाई खर्च सरकारले व्यहोर्ने भन्दै ढुक्कसँग उपचार गर्न भनेका थिए।

प्रतिक्रिया दिनुहोस्