होन्डा स्कुटर सित्तैमा? होइन, एक स्क्याम हो, कृपया यसमा नफस्नुहोस्



काठमाडौं: यतिबेला म्यासेन्जरमा होन्डाको ७०औं वार्षिकाेत्सवकाे उपलक्ष्यमा म्यासेज लिंक गरि स्कुटर जित्न सक्ने भन्दै म्यासेन्जर प्रयोगकर्ताबीच फैलिइरहेका छन्।

यद्यपि होन्डा नेपालले उक्त म्यासेजमा सत्यता नभई त्यस्तो जालमा नफस्न आग्रह गरेका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उक्त अभियान कम्पनीले सञ्चालन नगरेको साथै प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण नदिन निर्देशन दिएका छन्।

के हो त यो म्यासेज लिंक?
अहिले म्यासेन्जर प्रयोगकर्ताबीच फैलिइरहेका म्यासेज लिंकमा क्लिक गरेपछि तपाइले स्कुटर उपहार जितेको म्यासेज आउछ। यद्यपि उपहार दावी गर्न केहि नियमको पालना गर्नु पर्छ भन्दै उक्त म्यासेज लिंक पाँच वटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने सर्त हुन्छ । साथै आफ्नो ठेगाना दर्ता गराउनुपर्ने पनि हुन्छ। त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्