माधव नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ घोषणा गर्दै (फोटोफिचरसहित)



भक्तपुर : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) घोषणा गर्दैछ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले पनि एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो ।

भक्‍तपुरको थापा पार्टी प्यालेसमा अहिले केही बेरपछि नेता नेपालले एक कार्यक्रमबीच घोषणा गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले बताए । यसअघि पनि नेपाल समूहले ओली समूहले घोषणा गरेको यूथफोर्सलाई प्रतिवाद गर्न तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

केही दिनअघि मात्रै ओली समूहमा लागेका पूर्वमन्त्री प्रभु साहले आइटी आर्मी गठन गरेका थिए । ती सबैको सशक्त प्रतिकार गर्न नेपाल समूहले आज पीभी व्यूँताउन लागेको बताइएको छ । ओली समूहका युवा नेता महेश वस्नेतको गृह जिल्ला भक्तपुरमै नेता नेपाल समूहले यो कार्यक्रम आयोजना गरेर बस्नेतलाई समेत जवाफ दिएको छ । अहिले आयोजनास्थलमा नेता कार्यकर्ताहरुको ठूलो जमघट छ ।

कार्यक्रमस्थलका केही तस्बिर :

प्रतिक्रिया दिनुहोस्