कर छलीको आरोपमा दैनिक भास्करको कार्यालयमा छापा



एजेन्सी: बिहिबार बिहना भारतीय दैनिक पत्रिका दैनिक भास्करको कार्यालयमा केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सिबिडिटी)ले छापा मारेका छन् । दैनिक भास्करलाई कर छली गरेको आरोपमा छापा मारेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

करिब १०० राजस्व अनुसन्धानका कर्मचारीहरले दैनिक भास्करको दिल्ली, मध्य प्रदेश, राजस्थान, गुजरात र महाराष्ट्रमा भएका कार्यालयमा खोजी गरेका थिए। उनीहरुले समूहका प्रमोटरहरूको घर र कार्यालयहरूमा पनि छापा मारेको थियो।

बंगालका मुख्यमन्त्री ममता बनर्जीले यस घटनालाई लोकतन्त्रलाई दबाउनका लागि क्रूर प्रयास भएको बताए। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले यसलाई मिडियाको आवाजलाई दबाउन खोजेको बताए।

प्रतिक्रिया दिनुहोस्