मोरङमा ओली पक्षको बैठकअगावै कुर्सी तोडफोड



मोरङ: मोरङमा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले आह्वान गरेको बैठकअगावै कुर्सी तोडफोड भएको छ।

उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा आयोजित उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा केही मानिसले राखिएका कुर्सी तोडफोड साथै हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए।

ओली पक्षका अनुसार नेपालपक्ष बैठक विथोल्ने उद्देश्यले तोडफोड गरेको आरोप लगाए। यद्यपि नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले उक्त आरोप खण्डन गर्दै ओली पक्षकै असन्तुष्ट पक्षले घटना गराएको हुन सक्ने बताए।

पार्टी ओली पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर आह्वान बैठक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्