आयरल्याण्ड विरुद्धको टी-ट्वान्टी सिरिज दक्षिण अफ्रीकालाई



एजेन्सी । दक्षिण अफ्रीकाले घरेलु टोली आयरल्याण्ड विरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । डुब्लिनमा बिहीबार राति भएको दोस्रो टी-ट्वान्टीमा ४२ रनको जित निकाल्दै दक्षिण अफ्रीकाले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो।

यस जितसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले २-० को अग्रता समेत बनाएको छ । पहिलो खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले हराएको थियो । दक्षिण अफ्रीकाले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो।

आयरल्याण्डका शान गेट्काटेले सर्वाधिक २४ रन बनाए । जर्ज डोक्रेलले २० रन जोड्दा पाउल स्ट्रर्लिङले १९ रन बनाए । मार्क एडिअरले अविजित १५ रन जोड्दा लोर्कन टुकर १२ रनमा आउट भए । दक्षिण अफ्रीकाका ताब्रेज सामी र बेज्रोन फोर्टुनले ३र३ विकेट लिए । बिउरन हेन्ड्रीक्सले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।दक्षिण अफ्रीकाका लागि डेभिड मिलरले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले । वियन मुल्देरले ३६ रन जोड्दा क्विनटन डी ककले २७ रन बनाए । आयरल्याण्डका लागि पाउल स्ट्रर्लिङ र मार्क एडिअरले २र२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्