काठमाडौंमा ३.५ म्याग्नेच्यूडको भूकम्प



काठमाडौं। काठमाडौंमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ । यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३।२ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्