५३ लागे किङ खान , यस्ता छन् उनका सफलता



 

एजेन्सी :   नोभेम्बर २ १९६५ मा भारतको दिल्लीमा जन्मिएका शाहरुख खान शुक्रवारबाट ५३ वर्षमा प्रवेश गरेका छन् । यसमा कुनै शंका छैन कि शाहरुख खान बलिउडका सर्वाधिक सफल कलाकार हुन् । भारतमा मात्र होइन विश्वभर छरिएका उनका करोडौ प्रशंसकका बिच उनी बादशाहको रुपमा परिचित छन् । नेपालमा समेत उनका लाखौ प्रशंसक छन् ।

 

 प्रशंसकहरुले किंग खानुलाई जन्मदिनको शुभकामना दिइरहँदा हामी तपार्इलार्इ उनले हासिल गरेका केही महत्वपूर्ण सफलताको बारेमा जानकारी दिँदैछौ । 

 

१. शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।

 

२. अभिताभ बच्चनपछि उनी एकमात्र त्यस्ता कलाकार हुन्, जसलार्इ फ्रान्सको लिगियन अफ फ्रान्स अवार्ड  मिलेको छ ।

 

३.उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।

 

४. र्फोब्सको मिडिल इस्टु विशेषको कभरपेजमा अटाउने उनी पहिलो भारतिय कलाकार हुन् ।

 

५. इन्टरपोलको टर्न व्याक क्राइमु नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतिय कलाकार हुन् ।

 

६. उनी विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको फिल्म दिलवाले दुल्हनिया ले जाएगेुं झण्डै २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो । 

 

७.रोमान्स किंगु को छविपछि एक्सन फिल्ममा देखिन थालेका उनका पछिल्ला दुई फिल्म चेन्नइ एक्सप्रेसु र ह्याप्पी न्यू इयरुले बक्सअफिसमा कमार्इको नयाँ रेकर्ड बनाएका थिए । 

 

८. एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आशिर्वाद बिना यो उचार्इमा पुग्ने उनी एकमात्र भारतीय कलाकार हुन् ।

 

९. फिल्म, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमार्इ अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनी विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन । 

 

१०. शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्