इक्वेडरका दुई जेलमा झडप, ८ कैदीको मृत्यु



एजेन्सी । इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ। घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ।

दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका हिंसामा आठ कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका छन्। एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका व्यवस्थापन टोलीले पुष्टि गरेका छन्।

इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए। देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो। इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्