सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । गत बुधबार ७ सय रुपैंयाले घटेर ९१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन शुक्रबार ३ सय रुपैंयाले बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य आज ९२ हजार १ सय रुपैंया कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैंयाले बढेर ९१ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै चाँदीमा भने आज पनि १० रुपैंयाले नै बढेर १२ सय ८० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्