पति पक्राउ परेपछि शिल्पाले पहिलो पटक मुख खोलिन्



एजेन्सी: शिल्पा शेट्टीको कमब्याक फिल्म ‘हंगामा २’ आज रिलीज भएको छ र आज उनका पति राज कुन्द्रा अदालतमा पेश भएका छन्।

शिल्पाले राजको पक्राउ भए पछि नि कुनै प्रतिक्रिया दिएकी छैनन्। यति सम्म कि उनले आफ्नो सूटिंग सेड्यूल पनि छोडेकी हुन्। उनले सोशल मीडियाबाट टाढा भएकी छिन्। तर उनले एउटा पोस्टबाट पुन: फर्केकी छिन् , जुन अहिले चर्चा चर्चाको विषय बनेको छ।

शिल्पाले जेम्स थर्बरको लेखेका केहि शब्दमा फोकस गरेकी छिन्।

यसमा लेखिएको छ, ‘रिसाएर पछाडी र डरले कहिले अगाडी नहेर्नुहोस्, तर वरिपरि हेर्दा सावधान हुनुहोस्। हामी रिसाएर फर्केर हेर्छौं जसले हामीलाई चोट पुर्याएका हुन्छ। हामी आफ्नो जागिर गुमाउने, बिरामी पर्ने वा मृत्युको डरमा बाँची रहेका हुन्छौ। हामीले यस कुरामा सुधार गर्नुपर्ने हुन्छ।”

कुन्द्राले पोर्नोग्राफिक चलचित्र बनाएर विभिन्न एपहरूबाट सार्वजनिक गरेको उजुरीको आधारमा सोमबार मध्यरातमा पक्राउ गरिएको थियो। सोमबार २ घण्टाको सोधपुछपछि राजलाई गिरफ्तार गरिएको थियो । मंगलबार अदालतले उनलाई २३ जुलाइसम्म पुलिस हिरासतमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्