सरकारले थाल्यो आजदेखि चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण



काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ। सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय भएको हो।

यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो।

चार वटै अस्पतालबाट निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा‍‍. झलक गौतमले जानकार दिए । खोप कार्ड प्रमाणीकरणमा अब सहज हुँदै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्