टेकुमा खोप लगाएको प्रमाणपत्र बनाउन सकस (फोटोफिचर)



काठमाडौँ: शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ ।

विदेश जाने युवाहरुलाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरुको भीड बढेको हो । सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ । देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आउनुभएका युवाहरु तिनदिन अघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको बताउँछन् ।

विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उहाँहरुको भनाई छ । खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ । ३ दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनुपर्ने बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरैदिन देखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भईसकेको युवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्