बुद्ध एयरबाट अब ‘पोखरा–नेपालगञ्ज’ सिधा उडान



काठमाडौं । बुद्ध एयरले साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा–नेपालगञ्ज सिधा उडान गर्ने भएको छ । हाल संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो ।
पहिलो पटक अन्तर प्रदेश पोखरा–नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ ।
साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयरले जनाएको छ । पछिल्लो समय बुद्ध एयरले काठमाडौं केन्द्रित उडानलाई क्रमशः प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ ।
यस उडानबाट दुबै शहरका जनता लाभान्वित हुनुका साथै दुबै स्थानको पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । यसले नेपालगञ्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने र नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छ बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।
यसले उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरु लखनउ, कानपुर आदि गन्तव्यका पर्यटकहरु समेत आकर्षित हुनेमा कम्पनी विश्वस्त रहेको जोशीले बताए ।
पोखरा गण्डकी प्रदेशको केन्द्रिय राजधानी हो भने नेपालगञ्ज लुम्बिनी प्रदेशको मुख्य शहर हो ।

प्रतिक्रिया दिनुहोस्