भोलीदेखि लामो दूरीका यातायात चल्ने



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारबाट लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ ।
गृह मन्त्रालयले साउन ५ गते यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि शनिबारबाट लामो दूरीको सार्वजनिक यातायातका सेवा सञ्चालन गर्न दिने निर्णय भएकोे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
शुक्रबार सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका अधिकतम प्रयोग गरी सार्वजनिक यातायात पूर्ण रुपमा खोल्ने निर्णय गरेको हो ।
मुलुकमा कोरोना भाइरसको दोस्रो संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि निषेधाज्ञामा गएसँगै सार्वजनिक यातायातको क्षेत्र पूर्णतः प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्