थप २९ सय ७७ संक्रमित, १८ को मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार तीन सय ८ जनामा कोरोना परीक्षण गरिएको थियो ।
कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ । एक हजार ६ सय ७८ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा चार सय १०, भक्तपुरमा ६९ र ललितपुरमा एक सय ३४ गरी उपत्यकाभित्र कुल ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्