ओलीले आत्मालोचना गर्नुपर्छ : सांसद देव



काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको विशेष समयमा उनले संविधानबिपरितको काम गरेर ओली सत्ताबाट बाहिरिनुपरेको बताएका हुन् । उनले ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्ने बताए ।
सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद देवको भनाइ थियो । उनले संविधानको सर्वोच्चमा कसैले पनि छोड्न नसक्ने बताए ।
एमालेभित्रकै सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध बिद्रोह गर्दा पनि केपी ओलीले प्रधानमन्त्रीको दावी गर्नु नै उचित नभएको उनको भनाइ थियो ।अउनले संसदीय सर्वोच्चतालाई कोही प्रधानमन्त्रीले पनि हस्तक्षेप गर्न नसकने तर्क गरे ।
राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका थिए ।
राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७’ पेश गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्