राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै एकघण्टा छलफल भएको छ ।
नियमित भेटभाटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
यसअघि शुक्रबार बिहान राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् । तर उनीहरू बीचको भेटमा भएको छलफलबारे भने जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्