आजको मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौँ : देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

शनिबार राति पनि देशभर सामान्यतया बदली रहेर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन् ।

मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्