भारतीय नोट र अमेरिकी डलरसहित दुई जना पक्राउ



मोरङ : मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।

एक प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार शुक्रबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान र १ को ४ थान सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्