तालीवानी हमला नियन्त्रणका लागि अफगानिस्तानमा कर्फ्यु



एजेन्सी : अफगानिस्तानमा तालीवानी हमला नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी झन् सक्रिय भएको तालीवानका गतिविधी रोक्न राजधानी काबुल र अन्य दुई प्रान्त बाहेक अन्य शहरमा कर्फ्यु आदेश जारी गरिएको हो ।

पछिल्लो समय तालीवान र अफगान सेनाबीच शहरका बिभिन्न भागमा भिडन्त भइरहेको बेला सर्वसाधारणको जिउधनको रक्षा गर्न कर्फ्यु आदेश जारी गरिएको अफगान सरकारले जनाएको छ ।

तालीवानी बिद्रोहीले अफगानिस्ताको आधा हिस्सामा कब्जा जमाएपछी अफगान सरकार थप मारमा परेको छ । यसैबीच अफगानिस्तानको कान्दहारमा भएको झडपमा ३० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्