च्याउको तरकारी खाएर बरामी परेका बाबु–छोराको मृत्यु



इलामा : इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु–छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका–१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । वडाध्यक्ष टेकबिर लिम्बुका अनुसार बिरामी परेपछि दुई÷तीन दिन घरमै झारफुक गरेर राखेका र पछि उपचार गर्न अस्पताल लगिएको थियो ।

अस्पतालले उपचार हुन सक्दैन भनेपछि घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गएको हो । साउन आठ गते उनीहरुको अन्तिम संस्कार गरिएको वडाध्यक्ष लिम्बुले बताए । जंगली विषालु च्याउको तरकारी खाएर बिरामी परेका उनीहरुले झारफुकमा मात्र भर परेका कारण नै उनीहरुको ज्यान गएको वडाध्यक्ष लिम्बुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्