मल नपाएपछि सुदुरपश्चिम प्रदेशका किसान आन्दोलित 



कैलाली : कैलाली लगाएत सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा रासायनिक मलको सहज आपुर्ति नभएपछि, कैलालीका किसानहरु आन्दोलित भएका छन् । शुक्रबार बिहानै कैलाली जिल्लाका विभिन्न कृषि सहकारीहरु मल लिन कृषि सामाग्री कम्पनि लिमिटेड अञ्चल कार्यालय धनगढी पुग्दा मल नपाए पछि, उनिहरु आन्दोलित भएका हुन । आन्दोलित कृषि सहकारी संस्थाका पधाधिकारीहरुले संस्थानको कार्यालयमा केही समय तालाबन्दी गरे । 

 

तालाबन्दीबाट निस्कर्ष ननिस्किएपछि उनीहरुले चक्रो नाराबाजीसहित प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर नाराबाजी गरे, तर मलको सहज आपुर्तिको आश्वासन लिएर उनीहरु रित्ताे हात घर फर्किए । 

 

रासायनिक मलको चरम अभाव सिर्जनाभएपछि आक्रोशित किसानहरु सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडी आज (शुक्रवार) नाराबाजी गरेका हुन ।

 

प्रदेशस्थित विभिन्न जिल्लाबाट आएका किसान तथा कृषक सहकारीका प्रतिनिधिहरुले मलको सहज आपूर्ति गर्नु पर्ने, धानको खरिद गर्नुपर्ने लगाएत माग राख्दै नाराबाजी गरेका हुन् ।मन्त्रालय पुगेका किसानहरुले मल खादको सहज आपुर्ति गरिदिन भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र समेत बुझाए ।

 

ज्ञापनपत्र बुझे लगतै आन्दोलित कृषि सहकारीका प्रतिनिधि कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख, साल्ट ट्रेडका प्रमुख, जिल्ला प्रशासन कर्यालयका प्रतिनिधि र सरोकारवालाहरुलाई मन्त्री चौधरीले मलको सहज आपुर्ति गर्ने आश्वासन दिँदै आन्दोलनकारीहरुलाई घर फर्काए । 

 

तर, संघीय सरकार मातहत रहेका कृषि सामग्री कम्पनीले भैरहवा नाकाबाट मल ढुवानी तथा आपुर्तिमा सहज नभएका कारण मल आपुर्ति गर्नमा कठिन भएको स्वीकार गरे । उनले हाल कम्पनीमा आवश्यक मात्रामा मल नभएको बताए ।  

 

कैलालीका गगन बहादुर चन्दले आफूहरु १५ दिनदेखि मल खरिदको लागि कृषि सामग्रीलाई रकम भुक्तानी गरे पनि मल नपाएको बताए । दैनिक सयौं किसानहरु सहकारी धाइरहेको बताउँदै उनले मल नपाउँदा किसानहरुलाई रित्तै हात घर फर्काउनुपर्ने बाध्यता रहेको सुनाए । 

 

धनगढी उपमहानगरपालिका–१४ फूलबारीको कुटो कोदालो आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद शर्माले हिउँदे सिजनको समय सकिनै लाग्दा पनि मल उपलब्ध गराउने विषयमा सरकार गम्भीर नभएको गुनासो गरे । हाल मल उपलब्ध नगराए एक महिनापछि मल उपलब्ध गराउनुको कुनै औचित्य नहुने उनको भनाइ छ । 

 

हाल कैलाली लगाएत सुदूरपश्चिम प्रदेशमा यति खेर रासायनिक मलको चरम अभाव सिर्जना भएको छ । जसका कारण हिउदे बालिनाली लगाउने बेला रासायनिक मलको अभाव हुदा किसानहरु उत्पादन घट्नेमा चिन्तीत भएका छन् ।

 

सुदूरपश्चिम प्रदेशमा मागको ७० प्रतिशत आपुर्ति कृषि सामाग्री कम्पनि लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेड अञ्चल कार्यालयले गर्दै आएको भए पनि सहज आपुर्ति भने हुन सकेको छैन् ।  अव सम्बन्धित निकायले आश्वासन मात्र दिने हैन की मलको सहज आपुर्ति गर्नु जरुरि छ ।

प्रतिक्रिया दिनुहोस्