इलाममा सङ्क्रमण बढेपछि निषेधाज्ञामा थप कडाइ



इलाम । इलाम जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि त्यहाँ जारी निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । प्रमुख बजार तथा घनावस्तीहरुमा कोभिड–१९ को सङ्क्रमण बढेको पाइएकोले त्यसलाई नियन्त्रण गर्न स्थानीय तहहरूको निर्णय र अनुरोध अनुसार निषेधाज्ञामा कडाइ गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार साउन १५ गतेसम्म थप गरिएको निषेधाज्ञामा जिल्लाका प्रमुख बजार र घनावस्तीहरुका तरकारी, खाद्यान्न र फलफूल पसलबाहेकका पसलहरू पूर्णरुपमा बन्द रहनेछन्।

तरकारी, खाद्यान्न र फलफूल पसलहरू बिहान ११ बजेसम्म मात्र खुल्ला रहनेछन् ।विभिन्न परीक्षाका परीक्षार्थीहरुले आफ्नो निवासबाट सोझै परीक्षा केन्द्रमा र परीक्षा केन्द्रबाट सोझै आफ्नो निवासमा आउन पाउनेछन् । अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा बाटोमा हिँडडुल गर्न निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्