डुप्लेसिले द हन्ड्रेडको सुरुवाती खेल गुमाउने



एजेन्सी । दक्षिण अफ्रीकाका ब्याट्सम्यान फाप डुप्लेसिले द हन्ड्रेड क्रिकेटको सुरुवाती तीन खेल गुमाउने भएका छन् । मस्तिष्कको समस्या देखिएपछि प्लेसिसले सुरुवाती तीन खेल गुमाउने भएका हुन्।

नर्दन सुपरचार्जर्समा आबद्द डुप्लेसिले शनिबार भएको वेल्स फायरविरुद्धको पहिलो खेल समेत गुमाएका थिए । जुन खेलमा फायर ५ रनले विजयी भएको थियो । डुप्लेसि सुपर चार्जर्सको कप्तान हुन् । तर, उनको अनुपस्थितिमा बेन स्टोक्सले कप्तानी गर्ने छन् ।पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको दौरान टाउको चोट बोकेपछि डुप्लेसिलाई मस्तिष्कको समस्या देखिदै आएको छ ।

पीएसएलमा क्वेटा ग्लाडीयटर्समा आबद्द उनले पेशावर जाल्मीविरुद्धको खेलमा चोट बोकेका थिए । उनी फिल्डिङ गर्ने क्रममा आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किदा घाइते भएका थिए । उनको टाउको मोहमदको खुट्टामा ठोक्किएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । त्यहि चोटको कारण प्लेसिसले पीएसएलको बाँकी खेल गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्